प्रदेश नं १ मा १६ कोरोना सङ्क्रमित थप

विराटनगर, पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं। १ मा १६ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा आठमध्ये विराटनगरमा चार, झापा र सुनसरीमा तीन÷तीन तथा धनकुटा र प्रदेश बाहिरका एक÷एक जना छन् ।

अहिलेसम्ममा प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ६५ तथा निको भएर घर फर्किनेको सङ्ख्या २९ हजार ३८४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सो अवधिमा २९८ जनासहित कूल दुई लाख १३ हजार ३४६ जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

Share This Post

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *