Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

नेवार समुदायको मौलिक भाषा, भेषभुषा, कला संस्कृति, गीत संगीत समग्रमा नेवार समुदायको गौरवमय साँस्कृतिक परिवेशसित किशोर अवस्थाका नेवार युवतीहरुलाई साक्षात्कार गराउँदै उनीहरुलाई आफ्नो पहिचानको महत्व र आवश्यकताबारे जानकारी दिने उद्देश्य सहित उनीहरुको समग्र व्यक्तित्व विकासमा योगदान दिने अभिप्रायले आयोजना हुँदै आएको मिस लिटिल नेवाः प्रतियोगिताको १३औं ंसंस्करणको मेकिङ जोडतोडले अगाडि बढेको छ । यसैवीच प्रतियोगिताका सहभागि २२ जना किशोरीहरुले शनिबार आ आफ्नो प्रतिभा प्रदर्शन गरे, मिस ट्यालेन्ट अवार्डको दाबेदारीका लागि । जमलस्थित राष्ट्रिय नाचघरमा प्रस्तुत गरिएको ट्यालेन्ट राउन्ड मिस नेवा ११४१ कृषा महर्जनको प्रमुख आतिथ्यता तथा आयोजक नेप्लीज फेशन होमकी अध्यक्ष हेमा मानन्धरको सभापतित्वमा सम्पन्न भएको थियोे । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा कार्तिक २७ गते जमलस्थित राष्ट्रिय नाचघरमा तय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय