Saturday 4 February 2023 / आईतवार, २२ माघ २०७९

नयाँ नेपाली चलचित्र ‘मन संग मन’ को ‘मेरो त भाग्य….. भन्ने बोल गीतको भिडियो माघे संक्रान्तिको अवसर पारेर सार्वजनिक गरिएको छ । गीतमा पल शाह, पूजा शर्मा, पुष्प खड्का, वर्षा सिवाकोटी, बुद्धि तामाङ र रविन्द झाको अभिनय देख्न सकिन्छ । डेविड शंकर र भावना थापाको स्वर रहेको उक्त गीतमा विपिन किरणका शब्द तथा दिपक शर्माको संगीत रहेको छ । गीतको छायाँकन अर्जुन जि.सी.ले गरेका छन् भने गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । गीत हाइलाइट्स नेपालको युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो । सौरभ इन्टरटेन्मेन्ट तथा बलाली इन्टरटेन्मेन्टको ब्यानरमा अर्जुन तामाङ निर्माता र कैलाश राई निर्देशक रहेको चलचित्र ‘मन संग मन’ को प्रदर्शनको मिति भने आगामी चैत्र २७ गतेका लागि तय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय