Tuesday 26 May 2026 / मंगलवार, १२ जेष्ठ २०८३

काठमाडौं, अमेरिकी राष्ट्रपति निर्वाचनको एक दिन अघि, गागा पश्चिमी पेन्सल्भेनियाका उम्मेदवार बिडेनसँग देखा परेकि थिईन। राष्ट्रिय गानको बारेमा कुरा गर्ने हो भने,
लेडी गागाले अमेरिकी फुटबल खेल सुपर बल ५० मा पनि अमेरिकी राष्ट्रिय गान प्रस्तुत गरिसकेकि छिन ।

सुपरस्टार अमेरिकी गायक र गीतकार लेडी गागा अमेरिकाको नयाँ राष्ट्रपति जो बिडेनको शपथ ग्रहण समारोहमा राष्ट्रिय गान गाउनेछिन्। जनवरी २० मा हुने यो शपथ समारोहमा हलिउड स्टार जेनिफर लोपेजको आउने पनि खबर छ।
यद्यपि यस कार्यक्रममा उनको भूमिका के हुनेछ भन्ने सम्बन्धमा जानकारी सार्वजनिक गरिएको छैन। जहाँसम्म लेडी गागाको कुरा छ, उनी यस पटक राष्ट्रपति चुनावमा बिडेनको अभियानमा सहभागी थिइन्।

अमेरिकी राष्ट्रपति निर्वाचनको एक दिन अघि, गागा पश्चिमी पेन्सल्भेनियाका उम्मेदवार बिडेनसँग देखा परेकि थिईन।
यस कार्यक्रममा गागाको सहभागिता बिडेनको उद्घाटन समितिले आफ्नै प्रमाणित ट्विटर ह्यान्डलबाट ट्वीट गरेर दिएको छ।

जब डोनाल्ड ट्रम्प राष्ट्रपति बनेका थिए तब ज्याकी इवान्चोले राष्ट्रिय गान गाएकि थिइन। ट्रम्पको सेरमनी सन् २०१७ मा सम्पन्न भएको थियो र त्यस भन्दा अघि बराक ओबामा अमेरिकाका राष्ट्रपति थिए।

२०१३ मा बराक ओबामाको उद्घाटन सेरीमोनी आयोजना गरिएको थियो र बेयोन्सीले अमेरिकी राष्ट्रिय गान गाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय