Thursday 3 September 2026 / शुक्रबार, १९ भाद्र २०८३

काठमाडौं, स्विट्जरल्याण्ड अर्को वर्ष कतारमा हुने फिफा विश्वकपका लागि छनोट हुँदा युरो च्याम्पियन इटलीले भने प्लेअफ खेल्नुपर्ने भएको छ ।
इटली भने नर्दन आयरल्याण्डसँग गोलरहित बराबरीमा रोकिएपछि दोस्रो स्थानमा रह्यो । छनोटको शीर्ष स्थानमा रहने टिम सिधै विश्वकपमा छनोट हुने छ भने दोस्रो स्थानको टिमले प्लेअफ खेल्नुपर्नेछ ।

युरोपका ठूला टिमहरू मध्ये इटलीसँगै पोर्चुगलले पनि प्लेअफ नै खेल्नुपर्ने भएको छ ।
युरोपियन छनोटअन्तर्गत सोमबार राति भएको समूह सी को अन्तिम खेलमा स्विट्जरल्याण्ड बुल्गेरियालाई ४-० ले पराजित गर्दै समूह विजेता बन्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय