फेसन डिजाइनर तथा स्टाइलिष्ट तेन्जिन क्षितेन भुटियाले सृजना गरेका पहिरनहरुले इन्टरनेसनल क्यानेडियन म्यागाजिनमा प्रकाशित भएको छ । सो म्यागाजिनको ओपन थिम अन्तर्गत गत अक्टोबर महिनाको संस्करणमा डिजाइनर तेन्जिनले डिजाइन गरेका पहिरनहरुका छ वटा तस्वीरहरु प्रकाशित भएका हुन् । उक्त पहिरनहरुलाई मोडल साङ डोमा तामाङ पहिरिएका हुन् । 
प्रकाशित तस्वीरहरु ग्ल्यामर फोटोग्राफर विकास पराजुलीले खिंचेका हुन् भने मेकअप नीता रेग्मीले गरेकी हुन् । मोडल साङ डोमा एफबीबी कलर्स फेमिना मिस इन्डिया २०१९ सिक्किम हुन् भने उनी मिस इन्डिया २०१९ को फाइनल प्रतिस्पर्धामा मिस एक्टिभ उपाधि जित्न सफल भएकी थिइन् । साङ डोमा अहिले साधना कला केन्द«को आयोजनामा संचालन भइरहेको मिस तामाङ वल्र्ड २०२१ को प्रतिस्पर्धी रुपमा सहभागि रहेकी छिन् ।


