चिरपरिचित अन्तर्राष्ट्रिय नेपाली मोडल मुना गौचन वाउ म्यागाजिनको पछिल्लो संस्करणको कभर पेजमा देखिएकी छिन् । नेपाल र भारतीय मोडलिङ वृत्तमा सक्रिय रहँदै आएकी मुनाको चर्चा एमटिभि सुपरमोडल अफ द इयर सिजन टूमा सहभागि भएपछि झन् चुलिएको छ । सो कार्यक्रमबाट उनी बाहिरिए पनि उनको प्रस्तुति र पर्फमेन्सलाई कार्यक्रमका निर्णायक लगायत सो कार्यक्रमका नियमित दर्शकहरुले निकै मनपराएका थिए । वाउ म्यागाजिनको कभरमा मुनाले नटराज बुटिकको आकर्षक पहिरनमा देखिएकी छिन् भने उनको स्टाइलिङको निर्देशन पुरन जोशीले गरेका हुन् । मेकअप सुनी मगरले गरेकी हुन् भने मुनाको बोल्ड एण्ड स्टाइलिस छविलाई तस्वीरमा उतार्ने काम फोटोग्राफर सुजन श्रेष्ठले गरेका हुन् ।


