काठमाडौं, आजदेखि सुरु हुने ‘सहिद स्मारक ए डिभिजन लिग २०७८’ को उद्घाटन खेलमा फ्रेण्ड्स क्लब कुपण्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लब भिड्दैछन् ।
यस खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा अपराह्न ४ : ४५ देखि बजे सुरु हुनेछ ।पाँच दशकको इतिहास बोकेको फ्रेण्ड्स र पहिलो पटक ए डिभिजन लिग खेल्न लागेको सातदोबाटो दुवै टिम लिगमा सुखद सुरुआत गर्ने लक्ष्यमा छन् ।



