काठमाडौं , ८ पटकको लिग विजेता मनाङ मर्स्याङ्दी क्लबले आइतबार जावलाखेल युथ क्लब विरुद्ध १-० को कठिन जितबाट शहीद स्मारक ए डिभिजन लिग २०७८ को यात्रा सुरु गरेको छ ।
क्लबका पूर्वखेलाडी राजेन्द्र तामाङ प्रशिक्षकको भूमिकामा फर्केको पहिलो खेलमा मनाङले ३ अंक जोड्न संघर्ष नै गर्नुपर्यो ।
तर पहिलो खेलमै राष्ट्रिय टिममा ४ खेलाडीसहित विदेशी खेलाडीहरु ओलवाले आफिज र एडेलाजा सोमिडे जस्ता खेलाडी रहेको मनाङका लागि डिफेण्डर गोल गर्नुपर्यो । मनाङका लागि एकमात्र गोल ५७ औं मिनेटमा डिफेण्डर दिनेश राजवंशीले गरे ।



