Thursday 3 September 2026 / बिहीबार, १८ भाद्र २०८३

भोजपुर, नेपाली कांग्रेस भोजपुर जिल्लाको सभापतिमा विनोद बान्तावा निर्वाचित हुनुभएको छ । पार्टीको चौधौँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उहाँले ४१५ मत ल्याउनुभएको थियो ।
वान्तावाका प्रमुख प्रतिपक्षी नन्दमणी राईले ३९२ र बालकृष्ण थापाले ३६० मत ल्याउनुभएको थियो ।

तीनै जनाले खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पहिलो र दोस्रो मत ल्याउनेबीच पुनः निर्वाचन हुने अवस्था थियो तर निर्वाचनमा नगएर सहमतिका आधारमा बान्तावालाई नै सभापति बनाइएको कांग्रेसका एक नेताले बताउनुभयो । जम्मा एक हजार २२७ मतमा एक हजार १६७ मत सदर भएको ६० मत बदर भएको थियो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय