Friday 4 September 2026 / शनिबार, २० भाद्र २०८३

काठमाडौं, शहीद स्मारक ए डिभिजन लिग २०७८ को पहिलो चरण अर्थात म्याच विक वानका खेलहरु सकिएका छ ।

उदघाटन खेलमा फ्रेण्ड्स क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए । सात खेलमध्ये चार खेलको स्पष्ट नतिजा आउँदा तीन खेल बराबरीमा सकिए । आइतबार मनाङ मर्स्याङ्दी कप्तान अन्जन विष्ट फरक हेयर स्टाइलमा देखिए । उनले कपाल सिल्भर कलरले रंगाएका थिए । जावालखेल विरुद्ध पहिलो खेलमा मनाङ १-० ले विजयी हुँदा डिफेण्डर दिनेश राजवंशीले गोल गरे ।

फरवार्ड अन्जनले गोल त गर्न सकेनन् तर उनको हेयर स्टाइलले राम्रै चर्चा पायो । यस्तै सोमबार साविक विजेता मछिन्द्रले एनआरटी विरुद्ध खेल्दा अधिकांश खेलाडीले कपाल सिल्भर कलरमै रंगाएका थिए । अजरवैजानी खेलाडी नुर्लान नोभ्रुजोले कपाल रंगाएर नेपाल आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय