Saturday 4 February 2023 / शनिबार, २१ माघ २०७९

काठमाडौँ-आफूलाई इतिहासकै राष्ट्रवादी प्रधानमन्त्री दाबी गरेका खड्कप्रसाद ओलीको खोक्रो राष्ट्रवाद भारतको राजधानी नयाँ दिल्लीमा छर्लङ्ग भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज नयाँ दिल्लीमा सम्बोधन गरेको एक कार्यक्रमको व्यानरमा नेपालको पूरानै नक्सा छापिएको छ ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गरेको भनेर नेपालमा आफूलाई अब्बल राष्ट्रवादीका रुपमा स्वघोषणा गरेका ओलीले भारतसामु भने घुँडा टेकेको पुष्टि भएको छ । नेपाल–भारतबीच देखिएको सीमा विवाद समाधान गर्ने प्रमुख उद्देश्यका साथ परराष्ट्रमन्त्रीको भ्रमण भएको भनिए पनि ज्ञवालीले पूरानै नक्साको व्यानरमा भारतमा सम्बोधन गरेका छन् ।

परराष्ट्र मन्त्रालयले ट्वीट गरेको सो तस्वीरको व्यानरमा पूरानै नक्सा प्रष्टसँग राखिएको छ । पूरानै नक्सासहितको व्यानर राखिएको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले सीमा विवाद हल गर्न दुवै देश सहमत रहेको बताएका थिए । हेर्नुहोस् व्यानरमा प्रयोग गरिएको नक्सा र नेपाल सरकारले जारी गरेको नयाँ नक्सा ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय