Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

अमेरिकामा बस्दै आएका गायक विन्ती कुमार गुरुङ र गायिका शान्ता अर्यालको स्वर रहेको गीत होई मेरो संसार सार्वजनिक भएको छ । दीपक शर्माको शब्द तथा संगीत रहेको गीतमा छ ।

गीतको भिडियो विधान कार्कीले निर्देशन गरेका हुन् । विधानले गीतको भिडियोमा सरोज प्रजा र विना राउतको प्रेम देखाएका छन् । गीतको भिडियोमा गाउँबाट सहर जान खोज्ने केटा र उनलाई रोक्ने केटीको कथा देखाउन खोजिएको छ ।

भिडियोमा सुभाष कार्की बेलबासेको पनि अभिनय हेर्न सकिन्छ । नवराज उप्रेतीको छायाङ्कन रहेको गीतको भिडियो विकास दाहालले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय