Thursday 12 September 2024 / बिहीबार, २७ भाद्र २०८१

नेपाली समाज युएई को आयोजना र नेपाल ब्याडमिन्टन कम्युनिटी यु ए ई को प्राविधिक सहयोग रहेको प्रथम अंतर संस्था व्याडमिन्टन प्रतियोगिता आज ड्रागन मार्ट को अन्तर्राष्ट्रिय मापदण्डको ब्याडमिण्टन कोर्ट मा सम्पन्न भयो।
सामजिक भाइचारा र स्वस्थ जीवन हाम्रो सरोकार भन्ने मूल भावनाको साथ नेपाली समाज युएई मा आबद्द संस्था हरु अनि एन आर एन ए को समेत सहभागिता रहेको उक्त खेलमा 14 संस्थाहरु बाट पुरुष विधामा 23 टीम र महिला विधामा 4 टीम सहभागी भयका थिए।
एन आर एन ,नेपाली समाज क्षेत्रिय समिति हरु रशेलख्यमा र फूजिरहा ,कास्की आदर्श सेवा समाज ,तनहुँ सेवा समाज ,चितवन समाज ,लमजुङ समाज ,गुल्मी समाज
म्याग्दी प्रवासी सेवा समाज ,नेवाः पूच ,सुदुर पश्चिम समाज ,बाग्लुङ समाज ,नेपाल ब्याडमिन्टन कम्युनिटी ,थारु कल्याणकारी समाज

यसरी आफ्नो समाजको प्रत्यक्ष रूपमा खेलाडी सहभागि गरी र अन्य संस्थाको भवन्त्मक सहयोग सहित जम्मा 54 जना खेलाडीहरुले सहभागित जनाएका थिए।
खेल प्रतियोगिता नेपाली समाज युएई का खेलकुद विभाग सम्योजक तथा एन आर एन स्पोर्ट्स एकेडेमी टास्क फोर्स सदस्य हिरा लाल श्रेष्ठ ज्यू ले गर्नु भयको थियो।
खेल उद्घाटन नेपाली राष्ट्रिय गीत सहित नेपाली ब्याडमिन्टन कम्युनिटी यु ए ई का खेल संयोजक सुमन उदय र एन बि सि टिमका सदस्य ज्यू हरुले खेलाडी सहित तिनै कोर्ट मा अन्तराष्ट्रिय ब्याडमिन्टन धुन सहित कोर्ट प्रबेश गर्दै गर्नु भयको थियो।

यो प्रतयोगितामा खास गरी माध्यम श्रेणी र सामन्य खेल खेल्नु हुने पुरुष र महिला हरुको बीच खेलिएको थियो।
खेल निकै रोमाञ्चक र प्रतिष्पर्धा सहित भै रहँदा आफ्नो आफ्नो टिमको सपोर्ट मा उपस्थिति दर्शक हरुबाट पनि निकै साथ अनि ताली सहित हुटिङ गरिएको थियो जसले खेलाडी मा अझै हाउसले मिलेको थियो।

उक्त प्रतियोगितामा तनहुँ सेवा समाज A टीम का सुदिप कार्की र सुजन अधिकारी को जोडी लाई चितवन समाज का खड्ग बहादुर भण्डारी र राजेन्द्र गुरुङ्ग को जोडीले ११-१५ र १२-१५ को सेट मा जीत हात पार्दै फाइनल पुगेका थिए। दोश्रो सेमी फाइनल मा म्याग्दी प्रवासी सेवा समाज A बाट प्रकाश कार्की र किरण खत्री को जोडी लाई लमजुङ समाजका नरजंग तामाङ र अमृत सुनार को जोडीले १२-१५, १५-१६ र १४-१६ को तिनै सेट खलदै निकै रोमाञ्चक जित जित्न सफल भै फाइनल प्रवेश गरेको थियो लमजुङ समाज।
अन्तमा लमजुङ र चितवन को रोमाञ्चक फाइनल खेल मा चितवन का खेलाडीहरु ले लमजुङ माथि २-१ को सेट मा २१-११ र २१-७ को सोझो सेटमा जीत निकाल्दै प्रथम अंतर संस्था व्याडमिन्टन प्रतियोगिता को च्याम्पियन बन्न सफल भय।

यस्तै गरी महिला तर्फ भने नेवा पुँच का दुवै टिमले कास्की आदर्श समाज र सुदूर पश्चिम समाज का तिमीलाई पराजित गर्दै नेवा पुच A र B को बीचमा फाइनल खेल नेवा पुच B का रुबी श्रेष्ठ र कल्पना कर्मचार्य को जोडीले पवन मैयाँ नकर्मी र मनिता मालाकार को जोडीलाई १६-१४ र १९-१७ को सेट मा पराजित गर्दै प्रथम स्थान हासिल गरे।
यसरी दिनको १२ बजे बाट सुरु भयको खेल साझा ३:३०मा सकिएको थियो।

उक्त प्रतियोगिता को समापन कार्यक्रम मा प्रमुख अतिथि समाजका वरिष्ठ सल्लाहकार कृष्ण बहादुर ढकाल को प्रमुख आतिथ्य मा समाजका अधक्ष्य गोविन्द ढकाल ज्यू सभापतित्व मा उपस्थि एन आर एन ए युथ कोर्डिनेटर मदन अधिकारी र सपुर्ण संस्था प्रमुख तथा संस्थाका प्रतिनिधि हरुको आतिथ्यमा विजय हुने टीम तथा खेलाडी हरुलाई ट्रफी, मेडल र नगद पुरस्कार वितरण गरिएको थियो। साथै उक्त खेल भेनुका सञ्चालक ली लाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

यसरी हाम्रो यस प्रथम अंतर संस्था व्याडमिन्टन प्रतियोगिता लाई पूर्ण रूपमा सहयोग पुराउनु हुने आबद्द जिल्ला संस्था, संस्था र एन आर एन ए का खेलाडी, नेपाली ब्याडमिन्टन कम्युनिटी यु ए ई का सम्पूर्ण मित्रहरु र उपस्थिति दर्शक समर्थक हरुमा नेपाली समाज हृदय देखि हार्दिक धन्यवाद व्यक्त गर्दै भोलिका दिनमा पनि यस्ता गतिविधि मा यहाँ हरुको साथ सहयोग को अपेक्षा राख्द छ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय