Friday 29 March 2024 / शुक्रबार, १६ चैत्र २०८०

काठमाडौं, राष्ट्रिय महिला लिग फुटबल आउँदो माघ ७ गतेबाट आरम्भ हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सार्वजनिक गरेको खेल तालिका अनुसार माघ ७ गते दशरथ रंगशालामा हुने उद्घाटन खेलमा विभागिय टोलीहरु त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब आमने सामने हुने भएका छन् । प्रतियोगिताका अन्य खेलहरु भने एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । माघ ७ गतेबाट सुरु हुने महिला लिग फुटबलमा सहभागी टिमले चार विदेशी खेलाडी पनि राख्न पाउने भएका छन । महिला लिगमा समेत विदेशी खेलाडी राख्न पाउने व्यवस्था भएको यो पहिलो अवसर हो ।

महिला लिगमा तीन विभागीयसहित जिल्ला तथा नगरबाट छनौेट भएका ४ टिम गरी ७ टिमवीच प्रतिस्पर्धा हुनेछ । लिगमा विभागिय टोलीहरु नेपाल आर्मी, पुलिस र एपीएफसहित चन्द्रपुर नगरपालिका, चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका र विराटनगर नगरपालिकावीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाखसहित ट्रफी तथा दोस्रोले ८, तेस्रोले ५, र चौथोले ३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने एन्फाले उल्लेख गरेको छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर तथा हरेक विधाका उत्कृष्ट खेलाडीले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय