काठमाडौं, स्पानिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिडले एथ्लेटिक विल्वाओलाई १-० ले पराजित गरेको छ ।
जितपछि रियलले दोस्रो स्थानमा रहेको छिमेकी एट्लेटिको मड्रिडमाथि ७ अंकको अग्रता बनाएको छ । रियलले १५ खेलबाट ३६ अंक जोडेको छ । एक खेल कम खेलेको एट्लेटिकोको २९ अंक छ ।
विल्वाओ १५ खेलबाट २० अंकसहित आठौं स्थानमा छ ।


