Monday 8 December 2025 / मंगलवार, २३ मंसिर २०८२

काठमाडौं । भारतले कोरोना विरुद्धको खोप नेपाललाई उपलब्ध गराउने आश्वासन दिएको छ । कोरोना विरुद्धको खोपसहयोग गर्ने राष्ट्रमा नेपाल पहिलो प्राथमिकतामा रहेको भारतले प्रतिबद्धता जनाएको हो । नेपाल–भारत संयुक्त आयोगको छैठौं बैठकमा भारतले कोरोना विरुद्धको खोप सहयोग गर्ने प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकले कोरोनाका कारण बन्द रहेको हवाई तथा स्थल मार्गहरु अनूकुलता हेरी खुला गर्ने, हुलाकी सडक अन्तरगतका सम्पन्न ११ वटा खण्ड हस्तान्तरण गर्ने, रक्सौल–काठमाडौं रेल निर्माणका लागि भइरहेको फिल्ड लोकेशन सर्भे तत्काल सुरु गर्ने, जयनगर– कुर्थासम्मको रेल लाइन वर्दिबाससम्म निर्माण गर्नेलगायत निर्णय भएको पराष्ट्रमन्त्री प्रदीप ज्ञवालेले आज जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय