Tuesday 19 May 2026 / मंगलवार, ५ जेष्ठ २०८३

काठमाडौँ,शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई सरकारी पाठ्यक्रममा समावेश गराइने बताउनुभएको छ ।

‘नेपालमा मदरसा शिक्षा र यसको भावी रुपान्तरण’ सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले भन्नुभयो, “हामी यो विषयलाई गम्भीरतापूर्वक लिएर मन्त्रालयमा छलफल गर्छौं । पाठ्यक्रममा कसरी समावेश गर्न सकिन्छ भन्नेबारे खोजीनीति गर्नेछौँ । त्यसका लागि सम्बन्धित पक्षले ठोस प्रस्ताव ल्याउनुपर्छ ।” उहाँले संविधानमा समावेशितालाई महत्व दिए पनि कार्यान्वयनका क्रममा कर्मचारीतन्त्र र अन्य पक्षबाट प्रभावकारी काम हुन नसकेको स्वीकार गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय