काठमाडौँ,सांगीतिक कार्यक्रम सप्तरङ्ग–३ घोषणा भएको छ । आयोजक गृष्मा ब्रोर्डकास्टिङले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सप्तरङ्ग–३ घोषणा गरेको हो । सप्तरङ्ग कार्यक्रम सातै प्रदेशमा आयोजना हुनेछ ।
पहिलो र दोस्रो संस्करण सद्भाव र ऐक्यबद्धतामा केन्द्रित यो सप्तरङ्ग को तेस्रो श्रृंखलाले जनताद्वारा, जनताको निम्ति भन्ने कलामार्फत जनतामा पुर्याउने छ । २४ मङ्सिरदेखि काँकडभिट्टाबाट सुरु हुने सप्तरङ्ग– ३ पुस ९ गते पोखरामा गएर सकिने आयोजकले बताएको छ ।
काँकडभिट्टा लगत्तै मङ्सिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरामा कार्यक्रम आयोजना राखिएको छ ।
अभिनेता राजेश हमाल, गायक बद्री पङ्गेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह, हास्य कलाकार सन्दीप क्षेत्री , राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेतीलगायत कलाकार सहभागी हुनेछन् ।


