Saturday 5 September 2026 / शनिबार, २० भाद्र २०८३

काठमाडौं, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफल गरेका छन् । बत्तिसपुतलीमा आफूपक्षीय नेताहरुसँगको छलफलको बीचमै निस्किएका पौडेलले पूर्वमहामन्त्री सिटौलालाई भेटेका हुन् । सिटौला निवासमा उनीहरुबीच छलफल भएको हो ।

हिले बत्तिसपुतलीमा पौडेल पक्षले केन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्वजिल्ला सभापतिका साथै प्रदेश अध्यक्षका उम्मेदवारहरुसँग छलफल गरिरहेको छ । मंगलबार पौडेल पक्षका सभापतिका आकांक्षीसहितका केन्द्रीय सदस्यहरूबीच दिनभर छलफल भएपनि साझा उम्मेदवार टुंगो लगाउन सकेनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय