Friday 4 September 2026 / शुक्रबार, १९ भाद्र २०८३

काठमाडौँ,गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

मुख्यमन्त्री पोखरेलले बुधबार साँझ आयोजित एक कार्यक्रममा पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको घोषणा गर्नुभएको हो । बिपी कोइरालाको परिकल्पनाबाट स्थापित पार्टीलाई अझ सशक्त र मजबुत बनाउन एकपटक केन्द्रीय समितिमा रहेर काम गर्न चाहेको उहाँको भनाइ छ ।

विसं २००५ जेठ ५ गते तनहुँको राम्चेमा जन्मनुभएका पोखरेलले मुलुकलाई अप्ठ्यारो परेको बेला निकास दिने कांग्रेस भएकाले अबको चुनावमा प्रष्ट बहुमत ल्याउने गरी महाधिवेशनपछि तयारी थाल्नुपर्ने बताउनुभयो । कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २७ गतेसम्म काठमाडौँमा हुँदैछ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय