काठमाडौं, शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आजदेखि चौथो चरणका खेलहरु सुरु हुँदैछन् । मनाङ मर्स्याङ्दी क्लब र फ्रेण्ड्स क्लबबीच दिउँसो १ बजे खेल हुनेछ भने च्यासल युथ क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीचको खेल ४:४५ मा सुरु हुनेछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछन् ।
मनाङ र आर्मीको लागि चौथो चरणदेखि सातौं चरणसम्को खेल अझै महत्वपूर्ण छ । किनकी सातौं चरणसम्म एएफसी क्लब लाइसेन्स भएका क्लबमध्ये धेरै अंक जोड्ने क्लबले एएफसी कप छनोट खेल्न पाउने एन्फाले जनाएको छ ।


