काठमाडौं, नेपाली कांग्रेसको १४ औं महाधिवेशनस्थल भृकुटीमण्डपमा सांसद जिपछिरिङ लामाले निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरेका छन् ।
शिविरमा डा. राजेन्द्र श्रेष्ठ नेतृत्वको टोली खटाइएको छ । शिविरमा सामान्य ज्वरो आएका, टाउको दुखेकाहरुलाई निःशुल्क औषधिको व्यवस्था गरिएको उनले बताए ।कांग्रेसले मोहन बस्नेतको संयोजकत्वमा छुट्टै स्वास्थ्य समिति गठन गरेको छ । सो समितिले एम्बुलेन्सलगायतको प्रवन्ध पनि गरेको छ ।



