Wednesday 20 May 2026 / बिहीबार, ७ जेष्ठ २०८३

काठमाडौं,
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक सम्बन्धमा बाँधिने भएका छन्। मुख्यमन्त्री राई र मिस मंगोल २०१८ की विजेता जाङमु शेर्पाबीच यही माघ ११ गते काठमाडौंमा विवाह हुने पक्का भएको हो।
मुख्यमन्त्री राई ४८ वर्षका हुन् भने मिस मंगोल २०१८ की विजेता शेर्पाको उमेर २० वर्ष पुगेको पारिवारिक श्रोतले जानकारी दिएको छ।
अनमेल बिबाह कानुनद्वारा बर्जित छ ।

यो बिबाहवारे सार्वजनिक गर्दा उजुरी पर्ने डरले गुपचुप राखिएपनि पारिवारिक स्रोतबाटै कुरो चुहिएपछि शेरधन अन्यौलमा परेको बताइन्छ ।
उता बालिका खड्का नामक युवतीले भने आफूमाथि राईले कैयन बर्षदेखि यौनशोषण गर्दै आएको भनी प्रहरी, अदालत र मिडियामार्फत पिछा गर्न छाडेकी छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय