Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको रिडी ग्रुप मिस मंगोल नेपाल २०२१ को फाइनल प्रतिस्पर्धामा आफूलाई अन्य २१ जना प्रतिस्पर्धी भन्दा अब्बल प्रस्तुत गर्दै एप्रिला घिसिङ लामाले प्रतियोगिताको शीर्ष उपाधि जित्न सफल भएकी छिन् । मिस मंगोल नेपाल २०२१ को ताज विजेता बनेसंगै काठमाडौंकी एप्रिलाले नगद पुरस्कार रु एक लाख पनि प्राप्त गरिन् । प्रतियोगितामा ताप्लेजुङकी प्रिया मादेन लिम्बु फस्ट रनर अप घोषित भइन् भने ललितपुरकी विभिशिका श्रेष्ठले सेकेन्ड रनर अप उपाधिमा आफ्नो नाम दर्ता गर्न सफल भइन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्य रहेको सो प्रतियोगितामा प्रदिका महर्जन मिस मंगोल बागमती, चन्द«कुमारी सारु मगर मिस मंगोल प्रदेश २, शान्ता योङहाङ मिस मंगोल प्रदेश १, शान्त्वना राई मिस ट्यालेन्ट, पासाङ डोल्मा शेर्पा मिस लिडरशीप तथा मिस फोटोजेनिक र समिता बज्राचार्य मिस कल्चुरल एम्बेसेडरका रुपमा चयन भएका थिए । एक्सन इन्टरटेन्मेन्ट प्रा.लि.को आयोजनामा संचालन भएको सो प्रतियोगिताको कोरियोग्राफी संचारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका हुन् । प्रतियोगिताका सहभागिहरु आईआईएफटी ललितपुरका विद्यार्थी डिजाइनरहरुले तयार पारेका आकर्षक पहिरनहरुमा सजिएर प्रतिस्पर्धाको मैदानमा उत्रेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय