Thursday 3 September 2026 / शुक्रबार, १९ भाद्र २०८३

काठमाडौं क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले क्रिकेट खेलाडीहरुलाई गरिएको कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्ने अवस्था सिर्जना भएको जनाएको छ ।

अध्यक्ष मनिषराज पाण्डे र महासचिव पारस खड्काले संयुक्त विज्ञप्ति जारी गर्दै खेलाडीहरुका आवाज तथा भावना सम्बोधन गर्नुको सट्टा उनीहरुलाई कारबाही गरिएकोमा ध्यानाकर्षण भएको जनाएका छन् । सिप्यानले क्रिकेट खेलाडीहरुको वर्गीकरण जस्तो महत्वपूर्ण विषयलाई पारदर्शी, तर्कसम्मत र त्रुटीरहित बनाउन मागसमेत गरेको छ । ‘वर्गीकरणजस्तो महत्वपूर्ण विषयवस्तुलाई पारदर्शी रुपमा निश्चित मापदण्ड तोकेर अवलम्बन गर्दै तर्कसम्मत र त्रुटीरहित बनाउन तथ्यपरक, वस्तुपरक र वैज्ञानिक बनाइनुपर्ने आवश्यकता पुनः दोहोर्याउन जरुरी देखिन्छ,’ विज्ञप्तिमा लेखिएको छ ।

गत मंसिर २९ गते नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरमाथि कारबाही गरेको थियो । उनीहरुले वर्गीकरणबारे आफ्ना असन्तुष्टि सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय