
केन्द्रीय कमिटी बैठक अघि नेकपाको प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठक बसेको छ । थापाथलीस्थित कार्की बैंक्वेटमा अहिले स्थायी समिति बैठक जारी रहेको नेता खगराज भट्टले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल– नेपाल समूहको बिहीबार काठमाडौँको बबरमहलमा बसेको स्थायी कमिटी बैठक । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, झलनाथ खनाल लगायत छन् । उनका अनुसार स्थायी समिति बैठकले केन्द्रीय कमिटीका एजेण्डा तय गर्नेछ ।