काठमाडौं, नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा शुरु हुँदैछ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा अपराह्न तीन बजे महाधिवेशन उद्घाटन समारोह हुँदैछ ।
प्रज्ञा भवन परिसरमा ‘आठौं राष्ट्रिय महाधिवेशन’ लेखिएको ब्यानर राखिसकिएको छ । तर कतिपय आकाशे पुलहरूमा अझै पनि राष्ट्रिय सम्मेलन लेखिएको ब्यानर हटाउन बाँकी नै छ ।
महाधिवेशन प्रतिनिधिहरूलाई राष्ट्रिय सम्मेलनको कार्ड वितरण गरिसकिएको थियो । त्यसलाई पनि परिवर्तन गरिएको छ ।


