Monday 21 April 2025 / सोमबार, ८ बैशाख २०८२

बारा, नागरिक र सेनाबीचको सम्बन्ध थप प्रगाढ एवं सुमधुर बनाउने उद्धेश्य अनुरुप नेपाली सेनाबाट बिभिन्न जनहितका कार्यक्रमहरु संचालन गरिदै आएका छन ।

विपद्जन्य परिस्थितीमा उद्धार एवं राहत बितरण जस्ता परोपकारी कार्यहरु संचालन गरी पिडित सर्वसाधारणहरुको जीवन रक्षा गर्ने हेतुले बारा जिल्लामा बढ्दै गई रहेको चिसोको कारण यस बारा जिल्ला जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१८ र 19 स्थित बडरहवामा बसोबास गर्नु हुने आर्थिक रुपले बिपन्न मुसहर, पासवान, माझी समुदायका परिवारलाई नेपाली सेनाको श्री नं.२८ बाहिनी अड्डा अन्तरगत रहेको श्री चन्दननाथ गणको टोलीले राहत स्वरुप १५० वटा कम्वल स्थानीय सर्व साधारणहरु र वालवालिका प्राथमिक विद्यालयका बिद्यार्थीहरुले प्रयोग गर्ने गरी वितरण गरेको छ।

उक्त राहत बितरण कार्यक्रममा श्री नं.२८ बाहिनी अड्डाका बाहिनीपति स.र. श्री जोन्सन खड्का, श्री चन्दननाथ गणका गणपति प्र.से. श्री श्याम शरण गोतामे लगायत स्थानिय निकायका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजिबी, पत्रकारहरु र शिक्षकहरुको उपस्थिति रहेको थियो ।

श्री नं.२८ बाहिनी अड्डाका बाहिनीपति स.र. श्री जोन्सन खड्काको निर्देशनमा भएको सो राहत बितरण कार्यक्रममा श्री चन्दननाथ गण, बाराले कम्मलको व्यवस्थापन, जाडोमा उपस्थित स्थानीयहरुलाई चिया बिस्कुटको व्यवस्था सहित कार्यक्रम संचालनको लागि सहजिकरण गरेको थियो । उक्त्त कार्यक्रममा बोल्दै नेपाली सेनाको श्री नं.२८ बाहिनीपति सहायक रथी श्री जोन्सन खड्काले चिसोको कारण असहज जीवनयापन गरि रहेका बिपन्न समुदायलाई राहत बितरण गरी सहयोग गर्न पाउदा ज्यादै खुसी लागेको बताउनु भएको थियो ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय