Friday 4 September 2026 / शुक्रबार, १९ भाद्र २०८३

एजेन्सी – सुपरस्टार भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले एक गोल तथा अर्को गोलको लागि असिस्ट दिएपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ ।

रेलु मैदानमा युनाइटेडलाई बर्नलीलाई ३–१ ले पराजित गरेको हो । युनाइटेडको जितमा रोनाल्डोसँगै स्कट म्याक टोमिनेले गोल गरे । एक गोल उपहार पाएको थियो । बर्नलेका लागि आरोन लेनननले एक गोल गरे । सबै चार गोल पहिलो हाफमा नै भएको थियो ।

जितसँगै युनाइटेड १८ खेलबाट ३१ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । समान ३१ अंक नै रहेपनि वेस्ट ह्याम गोल अन्तरमा अघि छ । वेस्टह्यामले एक खेल बढी खेलेको छ । एक खेल कम खेलेको टोटेनहमको ३० अंक छ । पराजित बर्नले ११ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय