Friday 27 January 2023 / शनिबार, १४ माघ २०७९

प्रस्तुत तस्वीरहरु मिस युनिभर्स नेपाल २०२० विजेता अंशिका शर्माका हालै सार्वजनिक भएका तस्वीरहरु हुन् । फेसन फोटोग्राफर मिलन लामाकोे लेन्समा कैद भएका यी तस्वीरहरुमा मिस युनिभर्स नेपाल अंशिका काव्या बुटिकले तयार पारेका पहिरनमा सजिएकी छिन् । उनको सुन्दरतामा अपाला ज्वेल्सका गरगहनाले थप निखार ल्याएको देख्न सकिन्छ । उनको सुन्दरतालाई थप आकर्षक बनाउनमा मेकअप आर्टिष्टद्वय सकिल कुँवर र सरु क्षेत्रीको मिहेनत परेको छ भने उनको स्टाइलिङ स्टाइलिष्ट अभि श्रेष्ठले गरेका हुन् । २४ वर्षिया अंशिका शर्मा सन् २०२० डिसेम्बर महिनाको ३० तारिख अर्थात् गत पौष १५ गते बूधबार नक्सालस्थित काठमाडौं मेरियट होटलमा सम्पन्न युनिभर्स नेपाल २०२०को ग्राण्ड फिनालेमा विजेता बन्न सफल भएकी हुन् । अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै अंशिकाले प्रतियोगितामा मिस फियर्सको उपाधि पनि जित्न सफल भएकी थिइन् ।
तस्वीर श्रोत, मिस युनिभर्स नेपाल अंशिका शर्माको इन्स्टाग्राम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय