Tuesday 3 December 2024 / मंगलवार, १८ मंसिर २०८१

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल– नेपाल समूहको बिहीबार काठमाडौँको बबरमहलमा बसेको केन्द्रीय समितिको बैठक । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले विकसित घटनाक्रमलाई सामान्य रुपमा लिन नहुने बताएका छन् । आफू पक्षीय केन्द्रीय कमिटीको बैठकलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले प्रतिनिधिसभा विघटन, दलमा विभाजन ल्याउने जस्तो विगतका घटनालाई सम्झेर अहिलेको घटनाक्रमलाई तिनकै पुनरावृत्ति भनेर ठान्ने गल्ती गर्न नहुने प्रस्ट पारे ।
‘सात दशक लामो संघर्षको उपलब्धि अपहरण गर्ने र त्यसको रक्षा गर्ने बीचको लडाइँ हो यो,’ उनले भने, ‘शहिदको सम्मान गर्ने या तिनको अपमान गर्ने भन्नेबीचको लडाइँ हो ।’
उनले प्रतिनिधिसभा विघटन गर्ने, संविधानसभाबाट बनेको संविधानलाई असफल बनाउने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै असफल बनाउने षड्यन्त्रका रुपमा पछिल्लो घटनाक्रम विकसित भएको जिकिर गरे । उनले भने, ‘कम्युनिस्ट पार्टी र यसले लामो बलिदानबाट प्राप्त उपलब्धिलाई ध्वस्त पार्ने षड्यन्त्र हो यो ।’

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय