Saturday 5 September 2026 / शनिबार, २० भाद्र २०८३

काठमाडौँ, माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारूढ गठबन्धन भएका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा उम्मेदवारी दिने निर्णय गरेका हुन्।

यसअनुसार कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५–५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने छन् ।

एमालेबाट रिक्त ८ सिट भने सत्ता गठबन्धनले भागबन्डा गरेर उम्मेदवार उठाउने भएका छन्।

‘आठ सिटमध्ये तीन कांग्रेसलाई, जसपालाई २ र माओवादी तथा नेकपा एकीकृत समाजवादीलाई एक/एक र राष्ट्रिय जनमोर्चालाई एक सिट दिने गरी निर्णय भएको हो,’ गठबन्धन बैठकमा सहभागी राजमो उपाध्यक्ष दुर्गा पौडेलले भनिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय