काठमाडौं, द फेसन इराको आयोजनामा संचालन भएको मिष्टर एण्ड मिस टिन इन्टरनेसनल नेपाल २०२१ को फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । प्रतियोगितामा सौरभ विके र आहाना श्रेष्ठले शीर्ष उपाधिमा बाजी मार्न सफल भएका हुन् । प्रतियोगितामा एरिक श्रेष्ठ र रश्मि बुढाथोकी फस्ट रनर अप, सुदिप कार्की र हेभन उपाध्याय सेकेन्ड रनर अप तथा राजकुमार परियार र नैना गुरुङ थर्ड रनर अपका छनौट गरिएका थिए । 
ललितपुर बालकुमारीस्थित म्युजिक सिटी हलमा सम्पन्न सो प्रतियोगितामा प्रणय राई र स्मारिका बराल अर्गनाइजर च्वाइस विधातर्फ विजेता घोषणा गरिएका थिए ।


