Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

काठमाडौं, विवाहित महिलाहरुमा केन्दि«त सौन्दर्य प्रतियोगिता मिसेस् नेपाल वर्ल्ड २०२१ फाइनल प्रतिस्पर्धामा बाफलकी दीक्षा के.सी. प्रतियोगिताको शीर्ष उपाधि जितेकी छिन् । प्रतियोगिताका प्रमुख निर्णायक माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको निर्णायक प्रश्नको उत्कृष्ट उत्तर दिए संगै दीक्षाले मिसेस् नेपाल वर्ल्ड २०२१ ताज चुम्न सफल भएकी हुन् । सुन्धारा स्थित आर्मी अफिसर्स क्लबमा संचालन भएको सो प्रतियोगितामा २४ जना प्रतिस्पर्धीहरुको सहभागिता रहेको थियो । मुख्य उपाधि बाहेक दीक्षाले प्रतियोगितामा लेडी विथ कम्प्यासनको अवार्ड पनि आफ्नो नाममा सुरक्षित बनाइन् । प्रतियोगिताको शीर्ष उपाधि संगै दीक्षाले सन् २०२२ मा संचालन हुने अन्तर्राष्ट्रिय प्रतियोगिता मिसेस् वर्ल्डमा नेपालको तर्फबाट सहभागिता जनाउने भएकी छिन् ।

प्रतियोगितामा अभिनेत्री समेत रहेकी उषा रजकले मिसेस् नेपाल इन्टरनेसनल र पविता गिरीले एमएस इन्टरनेसनलको ताज पहिरिन सफल भए । दुवै जनाले सिंगापुरमा संचालन हुने मिसेस् र एमएस इन्टरनेसनलमा नेपालको तर्फबाट सहभागिता जनाउने छन् । प्रतियोगितामा उषाले मोस्ट ट्यालेन्टेड र मोस्ट बोल्डको अवार्ड हात पार्न सफल भइन् । रिबन इन्टरटेन्मेन्ट प्रा.लि.को आयोजना तथा कि एड्भरटाइजिङ मार्केटिङको सहकार्यमा संचालन भएको सो प्रतियोगितामा सुनिता लामा मिसेस् नेपाल वर्ल्ड फस्ट रनर अप, राजश्री थापा मिसेस् नेपाल वर्ल्ड सेकेन्ड रनर अप तथा मनिता प्याकुरेल मिसेस् नेपाल वर्ल्ड थर्ड रनर अप चयन भएका थिए ।
कार्यक्रममा तीन दशक भन्दा लामो समयदेखि अभिनय क्षेत्रमा सक्रिय रहँदै आएकी चर्चित अभिनेत्री गौरी मल्ललाई मानार्थ एमएस नेपाल उपाधिबाट सम्मान गरिएको थियो । उनलाई मानार्थ एमएस नेपालको ताज प्रतियोगिताकी प्रमुख निर्णायक अनुराधा कोइरालाले पहि¥याइ दिएकी थिइन् । कार्यक्रम अश्वनीकान्त झाको कोरियोग्राफीमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय