काठमाडौं, सरकार सन्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको छ ।
बैठकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन मतदातालाई अपिलसमेत गरेको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।



