Saturday 5 September 2026 / शनिबार, २० भाद्र २०८३

काठमाडौँ, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सो पार्टीका जिल्ला अधिवेशनहरुको आज ‘भर्चुअल’ माध्यमबाट संयुक्तरुपमा उद्घाटन गर्नुभएको छ ।

थापाथलीस्थित केन्द्रीय कार्यालयको एक्सन कक्षबाट उहाँले सम्बोधन गर्दै अधिवेशन शुभारम्भ गर्नुभएको हो । अध्यक्ष ओलीले राष्ट्रियताको संवद्र्धन र प्रवद्र्धन तथा समृद्धिका लागि एमाले कटिबद्ध रहेको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी लाग्न कार्याकर्ताहरुलाई निर्देशन दिनुभयो ।
हिमालीलगायत केही जिल्लामा बाहेक ६० भन्दा बढी जिल्लामा आज एमालेको अधिवेशन सुरु भएको छ ।
———

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय