Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

काठमाडौं, मोडलिङ क्षेत्रमा आफ्नो भविष्य खोज्ने युवतीहरुलाई मोडलिङ सम्बन्धी व्यवसायिक प्रशिक्षणका साथै मोडलिङका विभिन्न विधामा अवसर प्रदान गर्दै उनीहरुलाई व्यवसायिक बनाउने हेतुले आयोजना गरिंदै आएको नेपाल्स नेक्स्ट सुपर मोडलको सिजन ५ को तयारी प्रभावकारी रुपमा अघि बढ्दै गरेको छ । मोडल प्रतिस्पर्धाको ढाँचामा प्रस्तुत गरिने यो प्रतियोगिताको उपाधि दौडमा ११ जना युवतीहरुको सहभागिता रहेको छ । मोडलिङका विविध आयामसित साक्षात्कार गराउँदै तालिम प्रदान गरिंदै गरेको यस प्रतियोगिताका सहभागिहरु कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यको कोरियोग्राफी अन्तर्गत ग्रुुमिङ प्रक्रियामा रहेका छन् ।
आर एण्ड आर ग्रुपको आयोजनामा संचालन हुने प्रतियोगिताको फाइनल प्रतिस्पर्धा यही माघ ६ गते नयाँ बानेश्वरस्थित द होटल एभरेष्टमा सम्पन्न गरिने भएको छ । खल्ती एप पावर्ड बाइ रहेको प्रतियोगितामा आईआईएफी अटायर पार्टनरका रुपमा रहेको छ भने पम्फाज् फेसनले थीम पार्टनरमा रुपमा सहकार्य गरेको छ । प्रतियोगिहरुको मेकओभरको जिम्मेवारी ग्रुमिङ पार्टनरका रुपमा ब्युटी गार्डेन, द ग्रुमिङ स्टेशनले लिएको छ । हालसम्म अघिल्ला चार संस्करणहरुमा क्रमशः करिष्मा के.सी., सृष्टि तामाङ, स्वस्तिका प्रधान र सदा थापाले नेपाल्स नेस्क्ट सुपर मोडलको उपाधिमा आफ्नो नाम दर्ता गराइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय