काठमाडौं , वरिष्ठ भारतीय गायिका लता मंगेशकरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पोजेटिभ रिपोर्ट आएसँगै उनलाई अस्पतालको आईसीयूमा भर्ना गरिएको छ ।
यसअघि सन् २०१९ मा श्वासप्रश्वासमा समस्या आउँदा लतालाई अस्पताल भर्ना गरिएको थियो ।
आफ्नो सात दशकको सांगीतिक करिअरमा उनले विभिन्न भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन् ।
लता अस्पतालमा भर्ना भएसँगै प्रशंसक तथा शुभचिन्तकहरुले उनको स्वास्थ्यलाभको कामना गर्दै प्रार्थना गरिरहेका छन् ।


