Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

काठमाडौं । इण्डियन आइडल विजेता पवनदीप राजनको ठमेलमा कन्सर्ट हुने भएको छ । माघ १ गते (शनिबार) काठमाडौंको ठमेलस्थित ‘एलओडी’ क्लबमा प्रस्तुती दिन उनी नेपाल आउने भएका हुन् ।

नयाँ वर्षको सुरुवातीमा विदेशी कलाकार ल्याएर पवनका फ्यानलाई नचाएर मनोरञ्जन प्रदान गरिने आयोजकले जनाएका छन् । यसअघि पनि एलओडीमा भारतीय कलाकारका साथै अन्य विदेशी कलाकारहरुले आफ्नो प्रस्तुति दिइसकेका छन् ।

कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोन संक्रमणको जोखिम बढ्दै गएको भएपनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर कार्यक्रम गर्ने क्लबले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय