काठमाडौं, आइतबार आयोगले निर्वाचनमा लाग्ने खर्चबारे अर्थ मन्त्रालयसँग छलफल गरेको छ। आयोगले आइतबार चुनावबारे दलहरूसँग छलफल गरेको थियो।चुनाब गराउन आठ अर्ब बढी रकम लग्न सक्ने निर्वाचन आयोगले पूर्व अनुमान गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। सरकारले वैशाख १७ र २७ मा चुनावसमेत तय गरेको छ।
तर प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। यसबारे निरन्तर सुनुवाइ भइरहेको छ।
‘निर्वाचनका लागि कति खर्च लाग्छ भन्ने टुंगिसकेको भने छैन। तर आठ अर्बभन्दा बढी लाग्ने अनुमान छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचनबारे छलफल सुरू गरिएको र निर्वाचन गराउन आवश्यक पर्ने खर्चबारे सामान्य छलफल भएको उहाले बताउनु भएको छ।


