Saturday 13 June 2026 / शनिबार, ३० जेष्ठ २०८३

निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गतेका लागि स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ ।

शुक्रवार सर्वदलीय बैठकमा आयोगले पहिलो चरणमा गर्ने भए २०७९ वैशाख १४ र दुई चरणमा गर्ने भए १४ र २२ गते चुनाव गर्न प्रस्ताव गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । आयोगको प्रस्तावमा नेकपा एमालेले समर्थन जनाएको छ ।

स्थानीय तहको निर्वाचन वैशाख १४ र २२ गते गर्न उपयुक्त हुन्छ भनेर आयोगले प्रस्ताव गरेको छ । यसबारे सरकारले छलफल गरेर टुंगोमा पुर्‍याउने छ,’ कांग्रेस केन्द्रीय सदस्य लेखकले भने, ‘आयोगले प्रस्ताव गरेको छ ।

आयोगले गृहमन्त्री र महान्यायाधिवक्ता मार्फत चुनावको मिति सरकारलाई सिफारिश गरेको जानकारी गराएको थियो । रिमालका अनुसार चुनावका लागि १२० दिन आवश्यक हुने भए पनि १०० दिनमा पनि निर्वाचन गराउन तयार रहेको बताएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय