Tuesday 17 May 2022 / मंगलवार, ३ जेष्ठ २०७९

काठमाडौँ, हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरका जेनिश उप्रेती हिमालय टेलिभिजनबाट प्रशारण भईरहेको नेपालकै चर्चित रियालिटी सो द भ्वाइस किड्सको पहिलो उपाधि जित्न सफल भएका छन् । आज भएको फाइनलमा सात जना प्रतियोगिलाई दर्शकको भोटको आधारमा हराउँदै उपाधि चुम्न सफल भएका हुन् ।

अघिल्लो साता भएको सेमीफाइनलमा जेनिशसहित ८ जना फाईनलमा प्रवेश गर्नुभएको थियो । सिजन वानमा दमदार प्रस्तुति दिदै दर्शक तथा कोचको मन जित्दै आएका मकवानपुरे जेनिस उप्रेतीले उपाधि जित्दै इतिहास रच्न सफल हुनुभएको छ । जेनिश लोकप्रिय गायक प्रमोद खरेलको टिममा रहेका थिए । उपाधि जितेसँगै जेनिशले नगद १५ लाखसहित विभिन्न उपहार जितेका छन् ।

द भ्वाइस किड्समा छोटो सयममा नै कोच फर्काउन सफल भएका जेनिश सुरु देखि नै यस सिजनको प्रमुख उपाधि दाबेदारका रुप रहेका थिए । उहाँले ब्ल्याण्ड राउण्डमा उदित नारायण झा र दीप नारायण झाको स्वरमा रहेको “ए मरो हजुर” बोलको गीत गाउँदै चारैजना कोचलाई आफूतिर फर्काउनु भएको थियो । त्यस्तै ब्याटल राउण्डमा जेनिसले दिप्सन खत्री र निमेश शर्मालाई पछि पार्दै लाइभ राउण्मा प्रवेश गनुभएको थियो । जेनिसले ब्याटल राउण्डमा उदित नारायणकै स्वरमा रहेको “यो गाउँको ठिटो म” बोलको गीत गाउनु भएको थियो । पछिल्लो लाईभ राउण्डमा प्रमोद खरेलले गाउनु भएको ‘यो कुरा गोप्य नैं राखौंला’ बोलको गीत गाउनु भएको थियो । सेमिफाईनल राउण्डमा जेनिसले आनन्द कार्कीले गाउनु भएको जनम जनम ज्युउला संगैं’ र फाइलमा स्वरसम्राट नारायण गोपालको ‘ एक्लै तिमी नआऊ म मातिएको बेला’ बोलको गित गाउनुभएको थियो ।

को हुन् जेनिस

जेनिसको जन्म विस २०६७ सालमा हेटौंडा उपमहानगरपालिका वडा नं। १९ बस्तिपुरमा भएको हो । उहाँको आमा केही महिना अघि मात्रै क्यान्सरसंगै कोरोनाको कारण मृत्यु भएको थियो । जेनिशको बुवा बैदेशिक रोजगारीमा खाडी मुलुकमा हुनुहुन्छ । चार बषकै उमेरमा गीत गाउन शुरु गर्नुभएको जेनिस अहिले ११ बर्षको हुनुभयो ।

जेनिशका बुबाु रोजगारीको शिलशिलामा कुवेतमा बिगत १० बर्षदेखि सवारी चालकको रुपमा कार्यरत हुनुहुन्छ । सानै उमेरमा आमाको साथ गुमाएका जेनिस अहिले काका रेमश उप्रेतीसंगै चितवनमा बस्दै आउनुभएको छ । उहाँ अहिले चितवनको मोडन र्बोडिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत हुनुहुन्छ । जेनिशका अभिभावक रमेश उप्रेतीका अनुसार जेनिशले ४ बर्षको उमेर विद्यालयमा अविभावक भेलामा गीत गाउन शुरु गर्नुभएको थियो ।

हेटौडामा जन्मेको दुई बर्षमा जेनिशलाई आमाले झापा मामाघर लिएर जानु भएको थियो । त्यसपछि जेनिशको करिब ८ बर्ष मामाघरमै बित्यो । सोही क्रममा जेनिशले संगीतको कक्षा पनि लिनुभएको थियो । जेनिसका अभिभावक रमेश उप्रेतीका अनुसार जेनिशले संगीत सिक्न थालेको चार बर्ष भइसकेको छ । जेनिशको संगीतमा लगाब भने ४ बर्षको उमेरदेखि नै थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर