Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

नेपाली चलचित्र नगरीका दुइ चकलेटी नायक आर्यन सिग्देल र आकाश श्रेष्ठलाइ एकै फ्रेम मा देख्न पाइने भएको छ ! आज मात्र रिलिज भएको नजरैले हानेर नामक म्युजिक भिडियोमा नायक द्वयले अभिनय गरेका हुन् |

गायिका तथा संगीतकार सिर्जु अधिकारीले दुवै नायक लाइ एकै म्युजिक भिडियोमा अभिनय गर्ने अवसर जुराएकी हुन् ! कोरोना कहर बीच पनि फिल्मी जगतका केहि दिग्गज कलाकार तथा निर्देशकको साथ लिएर ठुलै रिस्क मोल्दै गायिकाले गीत सार्बजनिक गरेकी छिन् !

नजरैले हानेर नामको म्युजिक भिडियोमा नायक द्वयलाई गायिका सिर्जु अधिकारीले साथ् डीके छिन | त्यसै गरि प्रविन बेडवाल र सिर्जु अधिकारीकै सुमधुर आवाज रहेको गीतको शब्द संकलन र संगीत गायिकाकै रहेको छ |

चर्चित कोरियोग्राफर कविराज गहतराजले निर्देशन गरेको म्युजिक भिडियोलाई भने सौरभ लामाले खिचेका हुन् ! सिर्जु अधिकारीको आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक भएको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय