काठमाडौं, प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशका विशाल पौडेलले ह्याट्रिक गरेका छन्। विशालले सोमबार प्रदेश १ विरुद्धको खेलमा ह्याट्रिक गरेका हुन्।जारी प्रतियोगितामा विशाल ह्याट्रिक लिने पहिले खेलाडी भएका छन्।
स्पिनर विशाल पौडेलको ह्याट्रिक र सुबास भण्डारीको घातक बलिङमा चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता प्रदेश एकले गण्डकी प्रदेशलाई १ सय ३ रनको सामान्य लक्ष्य दिएको छ ।
युवा स्पिनर विशाल पौडेलले ६।४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । अर्का युवा स्पिनर सुबास भण्डारीले ७ ओभरमा ४ मेडन सहित १८ रन खर्चेर ४ विकेट लिए । कप्तान विपिन खत्रीले १० ओभरमा २ मेडन सहित ३४ रन खर्चेर २ विकेट लिए ।
गण्डकीले कसिलो बलिङ गरेसँगै टस जितेर मुलपानी मैदानमा ब्याटिङ गरेको प्रदेश १ ले २७।४ ओभरमा १०२ रनमै अलआउट भयो।
प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले सबैभन्दा बढी २४ रन जोडे। ओपनर मिनास थापाले २२ रन बटुले।


