
काठमाडौँ, हिमालय टीभी एचडीबाट प्रशारण भएको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को उपाधि जेनिश उप्रेतीले जितेका छन् । शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट यो शो प्रशारण हुँदै आएको थियो ।
अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट जेनिशले ‘द भ्वाइस किड्स’को उपाधि जितेका हुन् । उपाधिसँगै जेनिशले ‘द भ्वाइस किड्स’को ट्रफी, १५ लाखकोे चेक र विभिन्न गिफ्ट ह्याम्पर जितेका छन्