Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

काठमाडौं :गायिका मेलिना राईको स्वर रहेको ‘फूलहरु मगमग’को म्युजिक भिडियो सार्वजनिक भएको छ। कन्चन थलङ लिम्बुको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई एक दशकभन्दा लामो समयदेखि बेलायतमा रहँदै आएका संचारकर्मी एवंम निर्देशक कुशल श्रेष्ठले निर्देशन गरेका हुन्।

बेलायतका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा मोडल तथा भ्लगर सिर्जना निङ्लेखुले अभिनय गरेकी छन्। उनले आफूलाई प्रकृतिसँग तुलना गर्दै आफ्नो सुन्दरताको वर्णन आफैँ र आफ्नो भावना प्रकृतिसँग पोखेकी छन्। भिडियो मोडल सिर्जनाको आफ्नै युट्युब च्यानल सिर्जना निङ्लेखुबाट सार्वजनिक गरिएको छ। भिडियोमा निर्देशक श्रेष्ठकै छायांकन र सम्पादन रहेको छ।

कलाकारितामा १ दशक बढी समय बिताइसकेकी सिर्जनाले कल्चरल म्यूजिक भिडियोबाट कलाकारिता यात्रा सुरु गरेकी हुन्। रेडियो, टेलिभिजन कार्यक्रम प्रस्तोताको लामो अनुभव बटुलीसकेकी सिर्जनालाई थ्रिएटर, रंगमञ्च, भ्लग हुँदै

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय