काठमाडौं । छिमेकी मुलुक भारतमा एकै दिन दुई लाख ८२ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा दुई लाख ८२ हजार ९७० जना नयाँ संक्रमित थपिएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, उक्त अवधिमा ४४१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको भनाइ छ ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै संक्रमित पुष्टि भएका ५ राज्यमा कर्नाटक शीर्ष स्थानमा छ । त्यहाँ ४१ हजार ४५७ जना नयाँ संक्रमित थपिएका छन् ।
भारतमा सक्रिय संक्रमितको संख्यासमेत बढिरहेको छ । हाल त्यहाँ सक्रिय संक्रमितको संख्या बढेर १८ लाख ३१ हजार पुगेको छ । दैनिक संक्रमण दर समेत बढेर १५।१३ प्रतिशत पुगेको भारतीय समाचार माध्यमले जनाएका छन् ।
कोभिड(१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित मंगलबारको तुलनामा ०।७९ प्रतिशतले बढेर ८ हजार ९६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


