काठमाडौं, पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला जलाएका छन् ।
काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रदर्शनमा उत्रिएका एमालेनिकट अनेरास्ववियुका विद्यार्थीहरूले प्रधानमन्त्रीको पुतला जलाएका हुन् । नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३र३ रुपैयाँका दरले मूल्यवृद्धि गरेको थियो ।
त्यसको विरोधमा अनेरास्ववियुले प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुतला जलाएको हो । मूल्यवृद्धि फिर्ता गरु लेखिएका प्लेकार्डसहित उनीहरूले प्रधानमन्त्रीको पुतला जनाएका हुन् । विद्यार्थीहरूलाई रोक्ने क्रममा प्रहरीले लाठीचार्ज समेत गरेको थियो ।


