Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

काठमाडौं, स्कूल अध्ययनरत विद्यार्थीहरुमा केन्दि«त सौन्दर्य प्रतियोगिता नेपाल्स लिटिल आइकन २०२२ सम्पन्न भएको छ । प्रतियोगिताको ११ औं संस्करणको फाइनल प्रतिस्पर्धामा विभिन्न उमेर समूहमा विजेताहरु चयन गरिएका थिए । प्रतियोगिताको जुनियर समूह अन्तर्गत आयुशा खनाल विजेता छनौट भएका थिए । यो समूहमा आरोही आले मगर फस्ट रनर्स अप, दिया श्रेष्ठ सेकेन्ड रनर्स अप, प्रनभि लम्साल थर्ड रनर्स अप, रिद्दिमा के.सी.फोर्थ रनर्स अप के.सी.तथा प्रविधि कार्की फिफ्थ रनर्स अपका रुपमा चयन गरिएका थिए । यसैगरी रिद्दिमा के.सी.पब्लिक च्वाइस तथा एन्जेल गुनि मोस्ट पपुलर विधातर्फ विजेता चयन भएका थिए ।
सिनियर समूहतर्फ जिमिसा रोका मगर विजेता छनौट भएका थिए भने आज्मा बुढाथोकी फस्ट रनर्स अप तथा नम्रता थापा सेकेन्ड रनर्स अपका रुपमा छानिएका थिए । यसैगरी यो समूहमा निभा श्रेष्ठ पब्लिक च्वाइस र समृष्टि बुढाथोकी मोस्ट पपुलर विधामा विजेता चयन गरिएका थिए ।
प्रतियोगिताको बालक सहभागिहरुतर्फ अभनिश थपलिया विजेता घोषित भएका थिए भने समित अर्गजा फस्ट रनर्स अप, सनमुन ढकाल सेकेन्ड रनर्स अप तथा सोनिश श्रेष्ठ थर्ड रनर्स अप चयन गरिएका थिए । यस समूहतर्फ सामुयल राज सिंह पब्लिक च्वाइस तथा रोजन रिमाल मोस्ट पपुलर विधामा विजेता छानिएका थिए ।
टिन समूह तर्फ भने प्रिया रोका मगरले विजेता ताज पहिरिन् भने सन्जिना श्रेष्ठ फस्ट रनर्स अप तथा तपस्या तामाङ सेकेन्ड रनर्स अपका रुपमा छनौट भए । सन्जिनाले मोस्ट पपुलरको अवार्ड हात पार्दा तपस्याले पब्लिक च्वाइस विधामा आफूलाई विजेताका रुपमा उभ्याउन सफल भइन् । एएनपी मिडिया हाउस प्रा.लि.को आयोजनामा संचालन भएको सो प्रतियोगिता जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको थियो भने प्रतियोगिताको कोरियोग्राफी सुमी बानियाँले गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय